Birodh's Blog

Just another Board of feeling and thoughts….

Archive for the ‘kehi Bhawana’ Category

उत्तर आधुनिक बन्न नसकेको मेरो कथा( A story that could not be Post modern)

Posted by Birodh on January 12, 2010

अनिका : “हाई”
Me: “सरि, एस्क्विज मि, मे आइ नो यु”
अनिका : “ये सेयोर .. आम अनिका ..
बट, आम सरी ..इत्स मिस्टेक ..”
Me : “इट्स ओ के ..”
बार्तालाप सुरु भैसकेको थियो तर अब रोकियो एकछिन लाई । उता बाट पनि केहि आएन मैले पनि केहि पठाएन । केहि बेर सुन्यता छायो अनि मैले लेखे
“इट्स ओक वि क्यान टक न …”
अनि जवाफ आयो,
“अफ कोर्स”
अनि मैले भने,
“बाई द वे ..आर यु अ स्टुडेन्ट”
“येप ..तेस्तै तेस्तै हो ..”, उताबाट जवाफ आयो
तेती खुलेर जवाफ आइ रहेको थिएन ।  एकछिन हामी बिचमा यो कसले एड गर्यो अनि आइडी कसरि भेट्टायो भन्ने कुरा हरु भयो एकछिन मा थाहा भयो हामी बिचमा पुरानो चिनजान छैन तर ठिकै छ कुरा गर्दै मा के बिग्रिन्छ र भन्ने कुरा भयो ।  हाम्रो कुरामा अब ‘आइस ब्रेक’ भै सकेको छ . झन्डै एक घण्टा जति कुरा कानी भयो । केहि ठट्टा अनि केहि एप्प्रीसियेसन गर्ने कुरा हरु भयो । आजको लागि छुट्ने बेला भै सकेको थियो बिधाई मेसेज पनि राम्रो संग आदानप्रदान भयो
“जे होस् नाचिने पनि राम्रो कुरा भयो खुसि लग्यो ” मैले पठाए,
“नाइस टु सी यु ” उता बाट जवाफ आयो
जिन्दगि मा यति छिटो अपरिचित केटी सँग यस्तो राम्रो कुराहरु सायदै भएको थियो होला । अनी उसले पनि आफु सँग कुरा गर्दा खुशी लागेको सुन्न पाउदा फरक खालको अनुभुती भैरहेको थियो । सोचे, मनमा लड्डु फुट्ने भन्थ्ये यही रहेछ । रात अली छिप्पिसकेको ले मैले पनि आफ्नो मेस्सेन्जर साइन आउट गरे अनी सुत्ने प्रयास म लागे ।

 अनिका उनको नाम सुन्दर लाग्यो । मान्छे नदेखेको भए पनि उनको कुरा गराइ मा मैले एक खालको आवाज पाइरहेको थिए । उन्का कुरा गराइ एउटा खालको आक्रिती कल्पना गरि रहेको थिए मैले । उनी भद्र, शालिन अनी पढ्ये लेखे को जस्तो लाग्छ मलाई अनी कुरा गराइ अली अली स्मार्ट । मैले सोचे म जस्तो मान्छे सँग पक्कै पनि राम्रो कुराकानी हुन्छ उनको अनी मन पर्छन उनलाई मेरा कुरा हरु । यस्तै यस्तै सोच्दै थिए निन्द्रामा पुगेछु ।
म प्राय: अनलाइन नै बस्ने गर्छु सुत्ने समय बाहेक । दिन मा १५ घण्टा भन्दा बढी नै हुन्छु । भोली पल्ट बिहान लगभग १० बजे तिर उठे बिहान को काम हरु सक्काये, अनी झट्ट याद आयो आज पनि उनी अनलाइन आउछिन होला अनी कुरा गर्न पाईन्छ भनेर । तर हिजो अली अबेर राती मात्र कुरा भएको ले रात को प्रतिक्षा मा अरु दैनिक कार्य हरु गर्दै समय बिताए । दिन ढल्दै गयो, घाम पश्चिम मा अस्तै सकेको थियो,म कनेक्टेड नै छु अन लाइन नै बसी रहेको छु । मेरो ल्यापटप मा आफ्नो पढाई को काम गर्दै मैले बेला बेला मा मेस्सेन्जर मा को को अन लाइन छ भनेर नियाल्ने गरि रहे । बेलुका को ९ बजी सकेको थियो हिजो उनीसँग कुरा भएको समय पनि भै सकेको थियो र मेरा आँखा मेस्सेन्जर मा टोलाई रहेका थिए । हेरी रहे हेरी रहे उनको प्रबेस भएन आज । उनको प्रतिक्षा मा थप् आधा घण्टा बितिसक्यो तर आइनन । मन आत्तिय जस्तो लाग्यो भाच्चिय जस्तो लाग्यो, अनी सोचे एक्दिन, एक घण्टा त्यो पनि अपरिचित सँग गरेको कुरामा म किन यसरी हराउने ” एम आइ क्रेजी ” आँफै लाई सोधे । अली शान्त हुने प्रयास गरे तर पनि आँखा हरु मेस्सेन्जर मा अडिरहे । फेसबूक मा केही पोस्ट हरु थप्दै अनी साथीहरुले राखेको फोटोहरुमा कमेन्ट गर्दा गर्दै मध्य रात भैसकेछ तर आँखा म निन्द्रा पट्क्कै छैन न त मन नै त्यती शान्त छ। केबल एक घण्टा को कुराकानी यस्तै हो एक्छिन कुराकानी गरियो, रमाइलो भयो, पछी भेट भएछ भने ठिकै छ नभए भैहाल्यो यस्तै सोच्दै मन शान्त पार्ने  कोसिसमा बेडमा पल्टदा २ बजिसकेछ ।
आज मलाई हिजोको जति ‘एक्साइटमेन्ट’ छैन र त्यस्तो कुनै खास खोजिरेहे जस्तो लाग्दैन मलाई, म अली शान्त छु आज । फेरी पनि उनी अन लाइन आउछिन अनी कुरा हुन्छ भन्ने त्यती बिस्वस्त छैन म, तेसैले दिन्भर मेरो आफ्नो काम मा बेस्त भए । एक्छिन साथीहरु सँग घुम्न पनि गैयो बेलुका तिर, फर्कदा राती भई सकेको थियो । मेरो पढाई सम्बन्धी काम हरु गर्नु पर्ने थियो, डिनर लिएर त्यही काम तर्फ लागे । नौ बज्न थलिसकेको थियो, म केही रिसर्च पेपर हरु डाउन लोड गरेर बसी रहेको थिए अनयासै उनको उदय भयो मेस्सेन्जर मा । म अली सुन्य भाब मा भए के गर्ने के नगर्ने अनी के कुरा सोध्ने उनी सँग । त्यत्तिकैमा मा एउटा प्रश्न निस्कियो मेरो मेस्सेन्जर मा.
“हे, हाउ आर यू ?”
“फाइन”, मैले जवाफ दिये
“तिमी कहाँ अहीले?”, मैले सोधे
“काठमाडौं” उनको जवाफ आयो ।
केही सामान्य कुराकानी पछि हामी एक्छिन खबर आदान प्रदान रोकियो, म पनि क कुरा गर्ने भनेर सोची रहे । अनी मैले सोधे-
“बाई द वे, योर नेम इज युनिक एन्ड नाइस 🙂 इट सीम्स लाइक वेष्टर्न नेम”
“येप, सबै यस्तै भन्छन बट मेरो ड्याड ले राखी दिनु भएको यो नेम” उनको जवाफ आयो ।
मैले गूगल मा खोज्ने प्रयास गरे यो नाम को बारेमा । एउटा सर्च काम लाग्ने आयो । येस्कै आधारमा मैले लेखे तिम्रो नाम त निक्कै सुन्दर रहेछ नी, यो त मस्ट ब्युटिफुल अप्सरा को नाम पो रहेछ है ।
हाउ डिड यू कम कम टु नो ? उनले सोधिन ,
“खोज्यो भने नभेट्ने के छ र अहीले ” मैले जवाफ दिये । उनी मुस्कुरायेको स्माइली सन्केत [ :)]पठाइन । कुराको पेस बढ्दै थियो अब प्रसँग खोज्न त्यती गार्हो थिएन । अध्ययन, काम अनी सौख को बारेमा कुराकानी हरु भए । झन्डै दुइ घण्टा लामो आजको कुराकानी मा हामी साथी भईसकेका थियौ । गफ गर्ने क्रम मै उनले हिजो उनको घरमा लोडसेडिङ परेका ले अन्लाईन आउन नसकेको जानकारी गराइन । यो कुराले म उनी र उन्का कुरा प्रति झन बिस्वोस्त भए ।
उनको कुरा गराइ मा पट्क्कै घमन्ड छैन, मलाई सार्है राम्रो लाग्छ । अनी त्यतिकै फ्रयान्क छिन्, मन मा धेरै कुरा लुकाए जस्तो लाग्दैन मलाई । आज म अली गम्भिर र शान्त मुद्रा म छु । जिन्दगी मा एउटा राम्रो साथी भेटे जस्तो लाग्छ मलाई अनी विश्वाश छ उनी सँग को मेरो फ्रेन्डशिप चली नै राख्न्ने छ । म प्रसन्न भएर एक्छिन फेसबूक चलाउछु अनी मेरो ल्यापटप सँग खेल्दै छु ।
दिनहरु बित्दै गए । हप्ता मा कम्तीमा पनि ३ दिन कुरा हुन्थ्यो उनीसँग । म नेपाल भन्दा बाहिर रहेकाले केही नेपाल भित्र का गतीबिधी र अन्य दैनिकी हरु सम्बन्धी नै कुरा हरु हुन्थ्यो धेरै जसो । हामी एक अर्का लाई नदेखे पनि निक्कै कुरा हरु शेयर भैसकेको थियो । लग्भग दुई हप्ता को कुराकानी पछी मैले उनको तस्बिर मेस्सेन्जर मा राख्न्न अनुरोध गरे । “फोटो किन राख्नु पर्यो र हाम्रो राम्रै कुराकानी भैराखेको छ ठिकै छ नी त, कुनै दिन भेट हुन सकेछ भने हामीले एकअर्का लाई देखि हालिन्छ” उनको जवाफ आयो । हुनत मेरो पनि मेस्सेन्जर मा फोटो थिएन, तर उनले गुगल मा सर्च गर्दा मेरो कुनै प्रोफाइल मा फोटो भेटेर हेरेको कुरा बताइन । तर म सँग उनको कल्पना को आकिर्ती मात्र थियो । मेरो धेरै अनुरोध पछी भोली पल्ट फोटो राख्न्न मन्जुर गरिन ।
आज फोटो आयो । निक्कै सुन्दर र सामान्य छिन् उनी । मैले नाम र कुरा गराइ मा जति शालिनता पाएको थिए फोटो हेर्दा अझै बढी लाग्यो । तर पनि एउटा कन्फिडेन्स छ उनको आँखामा, म कल्पना गर्दै थिए उनको तस्बिर हेरेर । अनी फोटो राखेको मा धन्यवाद पनि पठाएँ ।
येसै गरि दिनहरु संगै हाम्रो कुराकानी अगाडी बढी रहेको थियो । निक्कै बौदिकता देखाउथिन कुरामा उनी, अनी कहीले कहीको त्यो चन्चल पन रोमान्टिक लाग्छ मलाई । एक महिना बितिसकेछ हाम्रो कुराकानी दैनिकी बनी सकेको छ । मेरो एक्जाम आउन थालेको ले तेती धेरै समय दिन सकी रहेको छैन मैले । हुनत उनी पनि बेस्त नै छिन् उनको अफिस को काम मा । मिड टर्म को वीक म अली पढाई म बेस्त भए । तर पनि एसमा उनी खुशी नै थीइन् अझ बरु मलाई धेरै एन्करेज गर्थिन । कहीले काही उनी सँग कुरा गर्न नपाउदा केही मिस भैरहेको अभास हुन्थ्यो मलाई ।
ठुलो प्रेसर का बाब्जुद एक्जाम राम्रो भयो । एउटा प्रेजेन्टेसनमा प्रोफेसर दिएको ‘कम्प्लिमेन्ट्स’ ले म झन द्ङ थिए । एक्जाम सकेपछी मैले यी सबै कुरा हरु उनी सँग शेयर गरे । उनले खुशी ब्यक्त गरिन । उनका कुरा सुन्दा खुबै स्मार्ट लाग्छ उनी , निक्कै राम्रो सँग तारिफ गर्न पनि जानेकी छिन् उनले । हामी एक अर्का लाई कहीले तारिफ अनी कहीले उडाउन गर्छौ,  रमाइलो लाग्छ यो कुरा । लगभग तीन महिना दैनिक जसो कुरा भएर पनि हामी बीच सामान्य कुरा हरु अनी पढाई र हासो मजाक का कुरा हरु हुने गर्थे । उनले मेरो बारेमा ईन्टरनेट मार्फत केही थप् कुरा हरु थाहा पाएको सुनाउथिन तर म सँग उनको बारेमा उनले भने बाहेक केही जानकारी थिएन । मैले उनलाई फेसबूक मा पनि खोज्ने प्रयास गरे तर भेटिएन ।
उन मेनेजमेन्ट को स्टुडेन्ट उनलाई अन्तरास्त्रिय ब्यापार मा राम्रो ज्ञान छ । उनलाई सोसल नेटवोर्किङ को बारेमा पनि राम्रो ज्ञान छ तर उनी फेसबूक म छैनन् । धेरै पारिवारिक ब्यक्तिगत कुरा हरु नभएपनी हबी अनी प्रोफेसन को बारेमा हाम्रो धेरै कुरा हरु शेयर हुन्थ्यो । यस्तै कुरा हरु संगै हाम्रो मित्रता ले निरन्तरता पाइरहेको थियो । मैले उनको बारेमा अली धेरै जान्न लाई ईन्टरनेट मार्फत धेरै कोसिस गरे तर थप् जानकारी पाउन सकेन। म सँग उनको एउटा फोटो मात्र थियो त्यो पनि मेस्सेन्जर को प्रोफाइल पिक्चर । उनको तस्बिर हेर्ने जो कोही पनि आकर्सित हुन्थे त्यस माथि उनको सुन्दरता मा शालिनता र बुद्धीमता प्रफेक्ट म्याच थियो । हाम्रो सौहद्रता पूर्ण गफगाफ को कारण ले मैले थप् फोटो हरु पनि माग्न सकेको थिएन । केही दिन पछी उनले मेस्सेन्जर मा आफ्नो प्रोफाइल पिक्चर चेन्ज गरिन । यो फोटो पनि केही कम थिएन । गोरो बर्णको लामो अनुहार, रेसमी कपाल संगै कालो रङ को टप्स मा थियो फोटो । मोहित हुन्थे जो कोही पनि यो तस्बिर मा । कहीले काँही मैले अली बढी सोददा अली रिसाए जस्तो गर्छिन तर फेरी आउछिन कुरा गर्न अनी उल्टै मलाई सम्झाउछिन अली सभ्य भाषामा । अनी म प्रसम्सा गर्छु उनको । निक्कै रमाइलो अनुभुती हुन्छ । हाम्रो कुरा कानी जारी छ । उनी नेपालमा अनी म बैंकक धेरै टाढा को यो साथी कहीले भेट्ने हो कल्पना मा हराउछु म । पाँच महिना भयो मैले दुई वटा फोटोहरु देखेको हो बस त्यती नै हो तर किल्लिङ थियो फोटोहरु ।
पाँच महिनाको अन्तराल मा मेरो फाईनल एक्जाम पनि सकियो । अहीले म अली फुर्सद मा छु लगभग एक महिनाको लागि । मलाई अली धेरै कुरा गर्न मन लाग्छ तर उनी अली बेस्त छिन् । शायद एही कामको बेस्तता ले होला अली खुलेर कुरा भएको छैन । झन्डै १० दिन जतिको यो असामान्य समयमा आज अली धेरै फुर्सद पाईन कुरा गर्न । उनको अफिस पनि बिदा हुने भएछ पाँच दिन को लागि । मैले उनलाई बैंकक आउनलाई अनुरोध गरे यो छुट्टिमा । “यती लामो कुराकानी भैसक्यो भेटघाट पनि हुन्छ भ्रमण पनि हुन्छ आउन त बैंकक म पनि फुर्सद मै छु”  मैले भने । उनले पहीले त अप्ठ्यारो हुने कुरा गरिन, केटी मान्छे एक्लै, त्यो पनि समुन्द्र पारी को देश मा । तर भोलिपल्ट उनले एक्चोटी फेमिली मा कुरा गरेर मिल्यो भने आउछु भनिन । उनको घर मा कुरा मिल्यो भने उनी बैंकक आउछिन । एउटा नयाँ साथी जुन ईन्टरनेट बाट मात्र चिनेको हो, उसको भौतिक अस्तित्व को बारेमा कुनै ज्ञान छैन, उनलाई भेट्ने कुरा मलाई सार्है उत्सुकता को बिषय थियो । लामो समयको प्रतिक्षा को बाब्जुद अली लेट नाइट उनी सँग भेट भयो मेस्सेन्जर मा । उनले खुशी ब्यक्त गर्दै बैंकक आउने कुरा सुनाइन । मेरो मन मा भवनाका छालहरु उर्ली रहेका थिए । बिपरित दिशा का छाल हरु जुधिरहेका थिए, आयो भने के गर्ने अनी मेरो लागि मात्र आइरहेको छ म के गर्न सक्छु उसको लागि यस्तै यस्तै । उनी आउनलाई तीन दिन मात्र बाँकी थियो । मैले मेरो साथी आउने कुरा फ्ल्याट्मा म संगै बस्ने साथी हरु लाई सुनायँ । यस बारेमा हामी बीच धेरै कुरा हरु भए । साथी हरुले अनिका बैंकक आउने कुरा मा शङ्का ब्यक्त गरे । उनीहरुले भन्दै थिए त्यो केटी ले तिमीलाई नेपाल बसेरै घुमाइ रहेको छ । “सी वन्ट कम ” मेरो साथी भन्दै थियो । मलाई मेरो साथी हरु जीअलस भएको जस्तो लाग्थ्यो यो कुरामा । तर म बिस्वस्त थिए उनी आउने कुरा मा । उनलाई भेट्ने तिब्र प्रतिक्षा मा मा निदाउनै सकेन । मन मा थुप्प्रै भावना का छाल हरु उर्ली रहे । तर पनी कहीले नदेखेको, नभेटेको मान्छे मलाई कस्तो कस्तो लागि रहेको थियो । धेरै बेर कल्पना मा डुबे कुन बेला निन्द्रा मा पुगे पत्तो भएन । उनी आइपुग्न दुई दिन पनि बाँकी छैन । आज शुक्रबार, आईतबार साढे एक बजे तिर एअरपोर्ट जानु पर्छ उनलाई रिसिभ गर्नको जानु पर्छ । पहिलो पटक भेट हुँदा उनी कस्तो गेट अप मा आउछिन होली अनी उनले पहिलो पटक मलाई देख्दा कस्तो लाग्छ होला । म यही कल्पना को संसार मा डुबिरहेको थिए ।
आज शुक्रबार को दिन, त्यो पनि छुट्टी को बेला हामी साथी हरु बसेर रमाइलो गर्ने सुरसार मा छौ । म अली आकर्सणको केन्द्र थिए आज कुरा गर्नको लागि किनकी मेरो साथी मलाई भेट्न को लागि त्यती टाढा नेपाल देखि आउँदै छ । साथी हरु मलाई जिस्काउने गर्छन् तर म उनीहरुलाई ‘जिअलस’ भएको ठान्छु ।

रात परिसक्यो आज हाम्रै फ्ल्याट मा बसेर खाने कुरा छ । हल्का म्युजिक संगै ड्रिन्कस अनी अरु थुप्प्रै परिकार को साथमा छौ आज । आज मौसम पनि अली रोम्यान्टिक नै छ, निक्कै रमाइलो होला जस्तो छ यो बाताबरण मा । हामी हरु हल्का ड्रिन्क्स लिएर बसिरहेका थियौ अनी प्रसँग मेरै थियो । मलाई जिस्काउदै थिए साथी हरु । जे भएपनी फ्राइडे ‘गुड्’ नै गैरहेको थियो । मैले अनिका को बारेमा तारिफ गर्दै थिए अनी हामी घुम्न जाने योजनाको बारेमा सुनौदै थिए । मेरा साथी हरु मलाई जोक बनाउने प्रयासमा थिए । मैले अनिका र मेरो बीचमा भएको कन्भर्सेसन सुनाएर उनीहरुलाई बिस्वोस्त पार्दैथिए । म साच्चिकै भावनामा डुबेको थिए, मेरो संसार अली काल्पनिक बनिरहेको थियो ।
कुराकानी चल्दै थियो, यो भु-मध्य सागर को छेउ मा एक्कासी सुनामी आयो । म कहाँ छु मलाई पत्याउनै गार्हो भयो मेरो संसार उथल पुथल भयो । मेरा सारा सपना हरु बिलाए । यति लामो झन्डै छ महिनाको फ्रेन्ड शिप के रहेछ आज बल्ल था भयो । म हुँदै नभएको संसार मा हराइरहेको रहेछु । म भेट्दै न भेट्ने मान्छे सँग कुरा गरि रहेको रहेछु । अच्चम्म लाग्छ पत्याउनै सक्दिन म यो हुनै नसक्ने कुरा कसरी हुन्छ । म कुन संसार मा छु मैले देख्न्न सकिरहेको छैन । यो सब मेरो साथी हरुको खेल रहेछ । उनीहरुले मलाई घुमाई रहेका रहेछन । एउटा ‘फेक आइ’ डी बनएर एती लामो कुराकानी यो हुनै सक्दैन । म मान्न तयार छैन । आँफै काल्पनिक दुनियाँमा हराएको मान्छे कसलाई दोश दिने । सुरुमा त पत्याउनै गार्हो भयो तर मेरै अगाडि त्यहि ‘अकाउन्ट’ मा ‘लग इन’ गरेर देखाए पछि त मेरो केही बाँकी रहेन । मलाई सार्है लाज लाग्यो । म मुख देखाउन लायक भएन । त्यो ‘प्रोफाइल पिक्चर’ पनि चार जना सिनेमा को हिरोईन हरुको फोटो बाट बनाएको रहेछ । मेरो संगै को साथी ले मलाई देखाए पछी म झन मरे तुल्ये भए ।
वास्तव मा भ्रम मा बाच्नु कति रमाइलो हुदो रहेछ अनी वास्तविकता कति तितो हुदो रहेछ । शायद जिन्दगी का पाना हरु यसरी नै भरिन्छन होला ।
इती श्री

Posted in kehi Bhawana | 10 Comments »