वारि पारि लेक बेसी टाकुराको गाउँ
बालख मै धुलो संगै खेलेको त्यो ठाउँ
पखरा मक्रेथान तल लुंग खोला
साथी संगी भेट्न फेरी कहिले जाने होला
दशैं आयो तिहार आयो देवाली को आश
कर्म गर्न सधै किन परदेश को बास
आउदा जादा बाटोमा खाजा लुकाएको
कुला बाटा तिजु खादा हाँगा झुकाएको
फागुन मास फागु खेल्थे कानै छोप्ने गीत
उकाली र ओराली मा लगाएको प्रीत
झझल्को मा आउने गर्छ कहिले काही अल्झी
मुटु मेरो भरि हुन्छ सम्झनामा बल्झी
कहिले काही लड्ने गर्थेउ गुच्छा खेल्दा संगै
एक रुपैया पाउदा पनि हुने गर्थिएउ दंगै
सम्झिदा नि ति दिन हरु आंधी चल्छ मनमा
चरी अझै लोट्दै होलान टुट्ने चौर बनमा
गए बारे ति दिन हरु फेरी के आउथे
चैत मास कोइली ले स्वोर मिलाई गाउँथे
ति सबै भै सकेछन एकादेश का कुरा
मेरो गाउँ जाने धोको कहिले होला पुरा
मेरो गाउँ जाने धोको कहिले होला पुरा!!!